होमपेज / समाज
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकाे छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(आइतबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले बताएकाे छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।