ट्रेण्डिङ

होमपेज / समाज

कोशी र गण्डकीका हिमाली भू–भागमा हिमपातको सम्भावना

नेपालगाथा २०८२ मंसिर ६ गते शनिबार ०८:४३:३७ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(शनिबार) हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकाे छ ।

यस्तै, राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top