होमपेज / समाज
काठमाडौं । आज(साेमबार) देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भएकाे छ । राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।
यस्तै, महाशाखाले मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरेको छ ।