होमपेज / समाज
ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय अत्यधिक वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९४० किलो० एक लाख रुपैयाँ नाघेको छ ।
गुणस्तरीय अलैँची प्रतिमन आइतबार एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन ९६ हजार रुपैयाँ रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन दुई हजारले बढेर ९८ हजार रुपैयाँ पुगेको थियो । आइतबार फेरि प्रतिमन चार हजारका दरले वृद्धि भई एक लाख दुई हजार रुपैयाँ पुगेको उनले बताए ।
असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजार रुपैयाँमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा १५–१७ हजार रुपैयाँले वृद्धि भएको छ । नयाँ उत्पादन सुरु भएपछि ८० हजार रुपैयाँ प्रतिमनबाट कारोबार सुरु भएको अलैँचीको मूल्यमा यस वर्ष अपेक्षाकृत वृद्धि भएको व्यवसायीहरू बताउँछन् । नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।