होमपेज / समाज
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम देशभर मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज(आईतबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकाे छ ।