ट्रेण्डिङ

होमपेज / समाज

एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालगाथा २०८२ कार्तिक २२ गते शनिबार ०८:३४:२० मा प्रकाशित

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मुख्यतया सफा रहने भएकाे छ ।

महाशाखाका अनुसार आज(शनिबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top