ट्रेण्डिङ

होमपेज / समाज

दैनिक ६ घण्टाभन्दा कम सुत्दा जोखिम किन हुन्छ

नेपालगाथा २०८० फाल्गुण ३ गते बिहीबार १४:०५:४७ मा प्रकाशित

काठमाडौं । के तपाई दैनिक ६ घण्टाभन्दा पनि कम सुत्ने गर्नुहुन्छ ? यदि त्यस्तो छ भने त्यो तपाईंको स्वास्थ्यका लागि खतरनाक पनि हुनसक्छ । एक रातमा ६ घण्टाभन्दा कम सुत्दा अर्को दिनको लागि व्यक्तिको अल्पकालीन स्मरणशक्ति कमजोर हुन सक्छ । 

२४ घण्टाभन्दा बढी सुत्दा मानिसलाई नशा लाग्न सक्ने अमेरिकी वैज्ञानिक र डाक्टरहरूले निद्राको सन्दर्भमा यस्तो दाबी गरेका छन् । राति ६ घण्टाभन्दा कम सुत्दा मानिसको स्मरणशक्तिमा ह्रास आउने बताएका छन् ।

निद्राको कमीले सबैलाई एकै किसिमले असर गर्दैन, तर यसले मस्तिष्कमा अवश्य असर गर्छ । निद्रा कम भयो भने हामी साना साना कुराहरू बिर्सन सक्छौँ, जस्तै चाबी कहाँ राखिन्छ, चिनेजानेको व्यक्तिको नाम के हो आदि ।’

निद्राको कमीले दिमागमा नकारात्मक असर पार्छ र त्यसको असर लामो समयसम्म रहन सक्छ ।  एक रातको खराब निन्द्राले हुने क्षतिलाई हटाउन धेरै रात ठोस निद्रा आवश्यक हुन्छ । उमेर बढ्दै जाँदा सुधार हुन अझै समय लाग्न सक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top