ट्रेण्डिङ

होमपेज / समाज

नेपालका मनोविद्लाई अन्तर्राष्ट्रिय अटिजम स्पेसलिस्टको मान्यता प्राप्त 

नेपालगाथा २०८० फाल्गुण २ गते बुधबार १७:३१:०८ मा प्रकाशित

काठमाडौं । नेपालका मनोविद्ले पहिलो पटक अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेका छन् । विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा काम गरेकी वरिष्ठ मनोविद् भगवती भट्टराईले माघ २९ गते उक्त उपाधि प्राप्त गरेकी हुन् ।

उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइबीसीसीइएस ले उच्चतम कोटीको क्षमता परीक्षण गरी उक्त शीर्षक प्रदान गर्छ । उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू, विशेषज्ञहरूका साथसाथै संसारभरीबाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ ।

यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो । मनोविद् भगवती भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीका अध्यक्ष समेत हुन् भने आफ्ना २४ सै घण्टा अटिजम भएका बालबालिकाको थेरापी, शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा बिताउँछिन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top