होमपेज / समाज
काठमाडौं । शिक्षक सेवा आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको छ। शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको हाे।
शिक्षक सेवा आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको हाे।
यसैगरी विज्ञान विषयको लागि १६३, सामाजिक विषयको लागि १२२, गणित विज्ञानको लागि ६५ पदको लागि, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञानको लागि १/१ जना र संस्कृत भाषाको लागि ५ जनाको लागि आयोगले आवेदन आह्वान गरेको छ । आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने जनाएको छ ।