ट्रेण्डिङ

होमपेज / समाज

आज वसन्त पञ्चमी देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना

नेपालगाथा २०८० फाल्गुण २ गते बुधबार ११:०७:४१ मा प्रकाशित

काठमाडौं।  वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी  देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापीलाई सरस्वतीका रूपमा पूजा-आराधना गरिन्छ । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्दछन ।

 आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ।

काठमाडौं उपत्यकाका लगाायत  देशभरि रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top