ट्रेण्डिङ

होमपेज / समाज

 माओवादीले जितेका अधिकांश स्थानीय तहले दिए 'जनयुद्ध दिवस'मा बिदा

नेपालगाथा २०८० फाल्गुण १ गते मंगलबार १२:५४:०३ मा प्रकाशित

काठमाडौँ ।  माओवादीले जितेका अधिकांश स्थानीय तहले जनयुद्ध दिवसमा बिदा  दिइएको छन । सर्वोच्च अदालतको आदेश विपरित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका अधिकांश स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यानदेखि बागमती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएकाछन ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकालगायतले पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top