ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिम सरकारको भूकम्प पीडितलाई १ करोड सहयोग

२० जना चिकित्सकको टोली आजै पठाउँदै

नेपालगाथा २०८० कार्तिक १८ गते शनिबार १३:३०:३० मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पीडितका लागि एक करोड रुपैयाँ सहयोग राहतको उपलब्ध गराउने भएकाे छ ।

मन्त्रिपरिषद शनिबार बसेको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गए राति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरिएको बताए ।

उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै भूकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top