होमपेज / समाज
सुर्खेत। गए राती जाजरकोटमा केन्द्रविन्दू भएर गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित आउन लागेका हुन्।
साथै, प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेत पनि प्रभावित क्षेत्र आउदै छन्।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । भुकम्पका कारण रुकुम पश्चिम र जाजरकोटका ८० जना भन्दा बढीकाे मृत्यु भएकाे छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।