ट्रेण्डिङ

होमपेज / समाज

 जाजरकोट केन्द्रबिन्दु भएर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प 

नेपालगाथा २०८० कार्तिक १८ गते शनिबार ०१:०१:३१ मा प्रकाशित

सुर्खेत । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का विभिन्न जिल्लाहरूमा महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भए पनि थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top