होमपेज / समाज
काठमाडौं। टी-२० विश्वकपको छनोटमा नेपाल र युएई बीच फेरि भिडन्त हुने भएकाे छ । छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।
यूएईलाई हराएर अर्को महत्वपूर्ण उपलब्धी हात पार्ने संघारमा नेपाली टोली रहेको छ । घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा यूएईसँग खेल्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।
नेपालले जारी छनोट प्रतियोगिताअघि हङकङ र यूएईसँग घरेलु मैदानमै त्रिकोणात्मक शृंखला खेलेको थियो । लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो ।