ट्रेण्डिङ

होमपेज / समाज

संसद् अधिवेशनकाे भोलिको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने

संसद् अधिवेशन भोलिदेखि अन्त्य गर्ने तयारी

नेपालगाथा २०८० कार्तिक १५ गते बुधबार १५:२५:४७ मा प्रकाशित

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन भोलिदेखि अन्त्य गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकाे कार्यव्यवस्था समितिको बैठकमा अनौपचारिक रुपमा जानकारी गराएको हो ।

संघीय संसद् सचिवालय स्रोतले सरकारबाट भोलि अधिवेशन अन्त्य गर्ने विषयमा आधिकारिक जानकारी भने आइनसकेको जनाएको छ ।

संघीय संसद्को अधिवेशन अन्त्य हुनुअघि सांसदहरूको १० दिनभन्दा बढी समयको बिदा स्वीकृत गर्ने, सांसदहरूले सोधेका प्रश्न टेबल गर्ने कार्यसूची रहन्छ । यी विषय पनि भोलिको लागि तोकिएको संसद् बैठकको सम्भावित कार्यसूचीमा परेका छन् ।

भोलिको सम्भावित कार्यसूचीमा शीर्ष नेताले सम्बोधन गर्ने विषय पनि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top