ट्रेण्डिङ

होमपेज / समाज

पहाडी क्षेत्रमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालगाथा २०८० कार्तिक १४ गते मंगलबार ०७:३८:३६ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा केही दिन हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top