ट्रेण्डिङ

होमपेज / समाज

अब सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम १७औँ नम्बरमा 

नेपालगाथा २०८० कार्तिक १३ गते सोमबार १९:२४:१६ मा प्रकाशित

काठमाडौं । नयाँ मर्यादा क्रमानुसार सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम एउटै हुने भएकाे छ । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित भएको छ । सोमबामर समितिले प्रतिवेदनसहितको उक्त विधेयक मंगलबार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

हाल काठमाडौं महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापतिलगायत छन् ।

हाल ११औँ नम्बरमा काठमाडौंबाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । १३औँ वरीयतामा काठमाडौं महानगर उपप्रमुखको वरीयता छ । काठमाडौंबाहेक अरू महानगरका उपप्रमुखको वरीयता १६औँ नम्बरमा छ ।

सोमबारको बैठकबाट सबै महानगरपालिका प्रमुखको वरीयता १७औँ नम्बरमा रहने गरी प्रतिवेदन पारित गरिएको छ । समितिबाट पारित विधेयकमाथिको प्रतिवेदनमा विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रदेश सरकारका पूर्व राज्यमन्त्री पनि सोही वरीयतामा छन् ।

समितिको प्रतिवेदनानुसार महानगर उपप्रमुख, उपमहानगर प्रमुख र उपप्रमुख तथा नगरपालिकाका प्रमुख १८औँ र गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख १९औँ तथा गाउँपालिकाका उपाध्यक्ष २०औँ नम्बरमा रहनेछन् । २१औँ नम्बरमा ७५३ स्थानीय तहका वडाध्यक्षलगायत सरकारी निकायका अधिकारी रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top