ट्रेण्डिङ

होमपेज / समाज

‘बकर इद’को अवसरमा प्रदेश प्रमुख कलौनीबाट शुभकामना सन्देश

नेपालगाथा २०७८ श्रावण ६ गते बुधबार ११:५९:०७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गाेविन्दप्रसाद कलाैनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-जोहा अर्थात् बकर इद (हिजरी सम्वत् १४४२)को अवसरमा मुसलमान समुदाय लगायत सम्पूर्ण नेपालीजनमा सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ।

इस्लामले बकर इद (इद-उल-जोहा) र इद-उल-फितर गरी दुईवटा पर्व प्रचलनमा ल्याएअनुसार इद-उल-फितर अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ । बकर इदमा इस्लाम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको छ।

विविधतायुक्त हाम्रो समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधता रहेको नेपाली समाजमा यस्ता चाडपर्वहरूले भ्रातृत्व, सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास गरेको कलौनीले शुभकामना पत्रमा उल्लेख गर्नुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top