होमपेज / समाज
तराई मा सरकारी तथा जमिनको हदबन्दी नाग्ने जमिनदारका फाँट बाँझो छन । सरकार, तत्काल आस्थाई ब्यबस्था गरेर भए पनी केही आस्थाइ आवास गृह र टहरा बनाउ, बिदेशमा अलपत्र परेकाहरुलाई ल्याउ, व्यबस्थित श्रम सहित्को क्वारेन्टाइनमा राख, बाँझो जमिनमा सरकारी डोजर लाउ, बाँझो फोड, अर्को दिन तरकारी र खाध्यानन्का बिरुवा लगाउ, श्रमदान अनिवार्य गर, कृषि बिग्यं खटाउ, पहिलो बर्ष एसै पनि फल्छ, १÷२ महिनामा सागपात तरकारी फल्न थाल्छ, ३÷४ महिनामा खाध्यान्न, २÷३ महिनामा कुखुरा लगायतको मासु तयार होला ।, अन्य पाँच, छ महिनामा अरु बाली र पशु जन्य स्थापित उद्योगलाई व्यबस्थीत गर । सिप र श्रमको प्रयोग गरी उद्योग चलाउन सके अझै राम्रो । मिल्ने घर जालान । नमिल्नेले त्यहिं श्रम गर्लान । आफ्नो श्रममा बाँचेको मा गर्ब गर्लान ।
दश गजामा इंडियाले लखटेका नेपालले छेकेका हाजारौँ अलपत्र छन् । घर पठाउ कोरोनाले देशै खाला भन्ने डर, नल्याउ आफ्ना नागरिक हुन । मिले सम्मको कुटनितिक पहल गरी जो जहाँं छ त्यहाँ जीवन सहज पारौँ । तर विशम परिस्थिती आयो भने अरु बिदेशीले पनि राख्ने छैनन । बरु आफ्नै देशको माटो, हावा, पानी, जङ्गल, फलफुल, रुख जडिबुटी, कृषिले बाचाउला कोभिड ले छोडेन भने पचासौं लाख नागरिकलाई चन्दा कर दान जे सुखै गरेर भए पनि फर्किने ब्यबस्था गर्नु पर्ने छ । हिजो रेमीटेन्स पठाउँदाका मात्र नागरिक होइनन् तिनी । हाम्रै पारिबारका मुटु हुन । पहाड, हिमालमा पनि केही यस्तै पकेट क्षेत्र भेटिएला । सप्लाई चेन कायम गरौँ ।
कोरोना सजिलै टरे त गजबै भयो, तर भयाबह स्थिती आयो भने त्यस्लाई टार्ने यो एउटा प्रयास नयाँ युगको सुरुवात हुन सक्छ । क्वारेन्टाइनबाटै सम्वृद्धिको सुरु गराँै । क्वारेन्टाइनबाटै मानवता बचाउँ र सम्वृद्धि सुरु गराँंै । तेस्को लागि पनि मान्छे त बान्च्नुपर्यो नि । कम्तिमा कृषिमा आत्म निर्भर बन्ने जग त बस्ला । मलाई पनि यो ढुङे युगको तर्क जस्तो लाग्छ, तर हामी त्यो युग भन्दा कती नै सक्षम रहिछौँ र ? मृत्यु भन्दा त केही समयलाई सचेत ढुङ्गे युगको जीबन प्रियतम होला ।
भगवानले यो संकट को घडीबाट मुक्त हुने शक्ति प्रदान गरी हामी सबैको रक्षा गरुन् । सुरक्षित रहौँ, सुरक्षित रहन सहयोग गरौँ।