ट्रेण्डिङ

होमपेज / समाज

आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै

नेपालगाथा २०७८ श्रावण ४ गते सोमबार ११:१८:३० मा प्रकाशित

काठमाडौँ। अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोना विरुद्धको खोप अभियान आजदेखि सुरु हुँदै छ। खोप पुगेका सबै जिल्लाहरुमा आजदेखि खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ मा काठमाडौँ ल्याइएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौँमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top