होमपेज / समाज
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्म आङ्देम्बेले बताए ।
केन्द्रीय सदस्यसमेत रहेका घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । सिन्धुपाल्चोकको क्रियाशील सदस्यताबारे छलफल गर्नु छ भन्दै आएको समूहले आफूलाई कुटपिट गरेको घिमिरेले बताएका थिए ।