ट्रेण्डिङ

होमपेज / समाज

लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सीसीएमसीको सिफारिस

नेपालगाथा २०७८ श्रावण २ गते शनिबार १८:५२:२७ मा प्रकाशित

काठमाडौं । सीसीएमसीले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

 शुक्रबार सुझावसहित संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बताए ।‘संक्रमणको परिस्थिती हेरेर तत्कालका लागि सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेका छौं’ प्रवक्ता खतिवडाले भने, ‘केही सर्तसहित खुलाउन भनेका छौं ।’

अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top