होमपेज / समाज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् । हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।