ट्रेण्डिङ

होमपेज / समाज

विज्ञापन रद्द, परीक्षा दस्तुर फिर्ता

नेपालगाथा २०७८ श्रावण २ गते शनिबार ११:५३:०७ मा प्रकाशित

हेटौँडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७६ चैत २८ गते स्वास्थ्य संस्थाहरूमा करार सेवामा विभिन्न पदहरूमा गरेको विज्ञापन रद्द गरेको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै विज्ञापन नम्बर १५ देखि ३६ सम्मका विज्ञापनहरूको छनोट प्रक्रिया मन्त्रालयको २०७७ असोज २९ को निर्णय अनुसार रद्द गरिएको जानकारी दिएको छ ।

विज्ञापन रद्द गरिएका पदहरूको परीक्षा दस्तुर फिर्ता गरिने समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले २०७६ चैत २८ मा स्वास्थ्य सेवाका लागि विभिन्न पदहरूमा विज्ञापन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top