ट्रेण्डिङ

होमपेज / समाज

भोलिदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय

नेपालगाथा २०७८ असार ३१ गते बिहीबार १७:५१:५१ मा प्रकाशित

काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारीसाधन चल्न दिने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। ‘लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ,’उनले थाहाखबरसँग भने। जारी निषेधाज्ञा आज राति सकिँदै छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top