ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप दश दिन लम्बियो

नेपालगाथा २०७८ असार ३१ गते बिहीबार १७:२९:१७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थप लम्ब्याइएको छ। बिहीबार काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। काठमाडौँ जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउनेछन्।

त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ। रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको छ। सो सेवा साँझ सात बजे सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुने गरी सञ्चालन गर्न पाइनेछन्। अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top