ट्रेण्डिङ

होमपेज / समाज

थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्‍यु

नेपालगाथा २०७८ असार ३१ गते बिहीबार १७:१६:२९ मा प्रकाशित

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top