होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३९८ जना कोभिड संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणबाट १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी जम्मा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।