होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २३७० जना कोभिड बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६८९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।
थप १८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।