ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओलीले भने-अब खोपका अभावमा तड्पिनु पर्दैन

नेपालगाथा २०७८ असार २७ गते आइतबार १५:१५:५० मा प्रकाशित

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन।

आइतबार वीर अस्पतालको सजिर्कल भवनको उद्घाटन गर्दैै उनले खोप आइरहेकाले २०२१ सम्म सबैलाई खोप लगाइने बताए । 

‘भ्याक्सिन उपलब्ध गराएका छौँ । भ्याक्सिन आइरहेको छ । हिजो कि अस्ति नि आयो । भोलि पनि भ्याक्सिन आउँछ । त्यसपछि पनि भ्याक्सिनहरू आउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिन निरन्तर ल्याउने र ठूलो  संख्यालाई उपलब्ध हुन्छ ।’

खोपको अभाव हुन नदिन नयाँ नयाँ सम्झौताको लागि प्रयास र संवाद भइरहेको उनले बताए । ‘अब लापर्वाही बढाउने होइन । सजकता बढाउने हो । थप उपचारको सेवालाई सदुपयोग गर्ने हो  । यो वर्षको अन्त्यसम्म भ्याक्सिन लगाइ सक्ने प्रयास गरेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top