होमपेज / समाज
जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमपुराकी सुजिता ठाकुरको हत्या भएको एकमहिना सात दिनपछि शव फेला परेको छ ।
एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फलिएको शव फेला पारेको हो ।
गत जेठ १९ गते राति विवाद भएपछि सुजिताको हत्या गरेको पाइएको छ ।सुजिता वेपत्ता भएको २३ दिनपछि प्रहरीले घरभन्दा एक किलोमिटर पर आफ्नै खेतमा गाडिएको अवस्थामा मानव अवशेष बरामद गरेको थियो ।सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइत पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ । तर माइती पक्षको मगलाई प्रहरीले वास्ता गरेको छैन ।
माइती पक्षले असार २० गते ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि छिमेकीको सहयोगमा प्रहरीले अपराधि पत्ता लगाएको हो ।छिमेकीको नाम गोप्य राखिएको छ । प्रहरीले अनुसन्धानमा असर पर्ने भएकाले नाम खुलाएको छैन ।