होमपेज / समाज
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
बाढीले क्षति पुर्याएका विभिन्न ठाउँको निरीक्षणका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत आज सिन्धुपाल्चोक गएका हुन।ओलीले मेलम्ची खानेपानीको मुहानमा बाढीले पुर्याएको क्षतिका साथै क्षतिग्रस्त विभिन्न ठाउँ तथा वस्तीको निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।