ट्रेण्डिङ

होमपेज / समाज

प्रहरी हिरासतको ग्रिल तोडेर लहानबाट थुनुवा फरार

नेपालगाथा २०७८ असार २६ गते शनिबार १०:११:०९ मा प्रकाशित

जनकपुरधाम । इलाका प्रहरी कार्यालय लहानबाट एक जना थुनुवा फरार भएका छन् । लागू औषधसहित पक्राउ परेर हिरासतमा रहेका एक जना थुनुवा गएराति एक बजेतिर फरार भएका हुन् ।

फरार भएका यादव गत जेठ २० गते लागुऔषधसहित पक्राउ परेका थिए । हिरासतमा रहेका अभियुक्तहरूको सुरक्षार्थ प्रहरी नखटेका कारण उनी सहजै फरार भएको बताइएको छ । ग्रिल कसरी काटेको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।उनी एक बजेतिर हिरासतको ग्रील तोडेर फरार भएको लहानका डीएसपी डा. तपन कुमार दाहालले जानकारी दिए । फरार भएका ती थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।

घटना विषयमा अनुसन्धान भइरहेको र फरार यादवको खोजी गर्न प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top