ट्रेण्डिङ

होमपेज / समाज

लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु

नेपालगाथा २०७८ असार २६ गते शनिबार ०९:३५:२५ मा प्रकाशित

रूपन्देही । लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

प्युठानको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घर भएका  ४६ वर्षीय बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
लेनदेनको विषयमा शरद थापा र बागविरबीच विवाद भएको थियो ।विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाइते बनाएका थिए ।

घाइते बागविरलाई शुक्रबार राति उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top