ट्रेण्डिङ

होमपेज / समाज

अविरल वर्षाले बालीमा मनाङमा डेढ करोड क्षति

नेपालगाथा २०७८ असार २५ गते शुक्रबार ०८:३२:१८ मा प्रकाशित

मनाङ। हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ। गत जेठ ३१ देखि परेको वर्षाका कारण गाउँपालिकाको पाँचवटै वडाको बालीमा क्षति पुर्‍याएको हो। निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पुर्‍याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए।

‘गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पुर्‍याएको छ। बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ। खेत सबै भत्किएका छन्,’ उनले भने, ‘निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो।’ 

गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पुर्‍याएको उनले जाकारी दिए। ‘नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ,’ लामाले भने, ‘चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ।’ 

उनले भने, ‘हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो। यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ । यो बाली जौँ जस्तै हो। यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पुर्‍यायो। उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन्।’ नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top