होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले देशभर २३ हजार ७ सय ५६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.४९ प्रतिशत संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।