होमपेज / समाज
काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
पोष्टमार्ट रिपोर्टले मृत्युको कारण पत्ता लगाउन नसकेपनि उनको चोटपटकको कारणले भने मृत्यु नभएको प्रमाणित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मृत्युको कारण स्पष्ट नभएकोले मृतकको भिसेरा जाँच गर्ने तयारी भइरहेको बताइएको छ । परिवारबाट सम्पर्कविहीन भएको १० दिनपछि जंगलमा मृत भेटिएकी सुजिताको शव नजिक धानबालीमा लगाइने विषको बट्टा पाइएकोले उनले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने पनि अनुशन्धानमा खटिएका प्रहरी अधिकृतहरुको अनुमान छ ।
पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ ।