होमपेज / समाज
काठमाडौं । नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ ।
संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।निगममा कार्यतर कर्मचारीले विभिन्न माग राखी १८ असारदेखि महाप्रबन्धक तथा निर्देशकको कार्यकक्षमा गरेको तालाबन्दी खोल्न मन्त्रालयले गृह मन्त्राललाई पत्र लेखेको थियो ।
असार १८ गतेदेखि निगमका कर्मचारीले निगमलाई पव्लिक लिमिटेड कम्पनीमा लैजान लागिएको विरोधमा तालाबन्दी गरेका थिए । प्रहरीले ताला खुलाए पनि प्रबन्धन निर्देशक पौडेल भने कार्यालयमा गएका छैनन् ।
१३ असारमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा बैठक बसेर दीर्घकालीन असर पर्ने विषय गुपचुप रूपमा निर्णय लिएको कर्मचारी संगठनहरूको दाबी छ ।