ट्रेण्डिङ

होमपेज / समाज

मंगलबार उपत्यकामा ४९९ जना संक्रमित थपिए

१५ जनाको मृत्यु

नेपालगाथा २०७८ असार २२ गते मंगलबार १७:३३:२४ मा प्रकाशित

काठमाडौँ —मंगलबार थप १५ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या ९२६३ पुगेको छ ।

मंगलबार उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३६५ जना संक्रमित थपिएका छन् । ललितपुरमा १०५ र भक्तपुरमा २९ संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top