होमपेज / समाज
चितवन । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थाननजिकै मोबाइल भेटिएको हो ।
चितवनकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेको छ । नौ दिनदेखि बेपत्ता रहेकी राप्ती नगरपालिका–३ की २३ वर्षीया भण्डारीको शव आईतबार साँझ घरदेखि चार किमी पर ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले एम्बुलेन्समार्फत पठाएको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको बताए ।
‘पोष्टमार्टम रिपोर्टपछिमात्रै मृत्युको कारण पत्ता लाग्नेछ’, उनले भने, ‘रिपोर्ट छिटो ल्याउने प्रयास छ, केही दिन लाग्ला ।’सुजिताका परिवारले उनको अपहरणपछि हत्या भएको बताउँदै आएका छन् । प्रहरीलाई समयमै खबर गर्दा पनि अनुसन्धान नगरेकाेभन्दै बिराेधमा सुजिताको परिवार र आफन्तले साेमबार राजमार्ग बन्द गराएका प्रर्दशनसमेत गरे ।