ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंका सडकमा शुरु भयो जाम

नेपालगाथा २०७८ असार २२ गते मंगलबार १५:१६:३३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट सबै सवारी साधन चलेका छन् । सवारी चापले जडिबुटी, कोटेश्वर, बानेश्वर, कलंकी, जमल क्षेत्रमा जाम बढेको छ ।

लामो समयदेखि बन्द रहेका सवारी साधन सडकमा गुड्दा चाप बढेको छ । आवागमन खुला भएसँगै मुख्य-मुख्य चोकहरुमा सवारी साधनहरुको जाम हुन थालेको छ ।केही नियम फेरबदल गर्दै असार मसान्तसम्मलाई थपिएको निषेधाज्ञा आजदेखि लागू भएको हो ।जोरबिजोर हटाएर निजी तथा सबै खालका सार्वजनिक सवारीसाधन खुलेसँगै सवारी चाप बढेको छ । अघिल्लो साता जोरबिजोर प्रणालीमा सवारीसाधन खुला गरिएको थियो । २५ सिटभन्दा कम क्षमताका सार्वजनिक सवारी खुलाइएकोमा यातायात व्यवसायीले सबै सवारी खुला गर्न पाउनुपर्ने माग राखेका थिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top