ट्रेण्डिङ

होमपेज / समाज

सिद्धार्थ बैंकको एटीएमबाट ४२ लाख रुपैयाँ चोरी

एटीएमबाट अवैधानिक रुपमा पैसा झिक्ने दुई जना पक्राउ

नेपालगाथा २०७८ असार २१ गते सोमबार १५:३०:०४ मा प्रकाशित

काठमाडौं-  सिद्धार्थ बैंकको एटीएमबाट ४२ लाख रुपैयाँ चोरी भएको छ ।एटीएमबाट अवैधानिक रुपमा पैसा झिक्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मिति एक्सपायर भइसकेको कार्डबाट पैसा झिक्नेलाई प्रहरीले पक्राउ गरेको हो।

३० वर्षकी सावित्री तामाङ र ५७ वर्षका जगत गुरुङले पैसा झिकेका हुन्। उनीहरुले ४२ लाख रुपैयाँ झिकेको प्रहरीको दाबी छ। उनीहरुको कालोपुलस्थित डेराबाट ३० लाख रुपैयाँभन्दा बढी बरामदसमेत भइसकेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top