ट्रेण्डिङ

होमपेज / समाज

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

नेपालगाथा २०७८ असार २१ गते सोमबार १४:१३:४१ मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणको निर्वाचन घोषण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top