ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

नेपालगाथा २०७८ असार २० गते आइतबार १८:५५:३४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।

आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा उक्त संख्यामा संक्रमित थपिएका हुन्। प्रवक्ता पौडेलका अनुसार पिसिआर विधिबाट ४८७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी सहेही अवधीमा नेपालमा २ हजार ५५२ जना कोरोनाबाट निको भएका छन्

त्यस्तै, काठमाडौँ उपत्यकामा थप चार सय ६१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ सय ४२, ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top