ट्रेण्डिङ

होमपेज / समाज

निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च,सप्तरीका ५ सय घर डुबानमा

नेपालगाथा २०७८ असार १९ गते शनिबार १५:४३:१६ मा प्रकाशित

राजविराज — निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा बहाब उच्च भएको छ । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ ।

 जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार बिहान ९ बजे कोसी ब्यारेज भएर २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बचाब उच्च हुँदै गएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ।

लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सय भन्दा बढी घरमा डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सय भन्दा बढी घर डुबानमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top