ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीले भने-अब भ्याक्सिनको क्याम्पेन नै चल्ने छ

नेपालगाथा २०७८ असार १९ गते शनिबार १४:४८:४८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्यम्पेन नै चल्ने उल्लेख गरेका छन् ।

 जिल्ला जिल्लामा खोप अभियान नै चलाएर कोरोना रोकथाममा लाग्ने उनले बताए।शनिबार त्रिशुली– ३ बीको प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चीनबाट निरन्तर खोप ल्याइने र क्रमशः सबै नागरिकलाई दिइने बताए।उनले खोपको समस्या समाधान भएको पनि बताए । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको ओलीको भनाइ थियो ।

ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई खोप दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top