ट्रेण्डिङ

होमपेज / समाज

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि

३४ जना कोरोना संक्रमितको मृत्यु

नेपालगाथा २०७८ असार १८ गते शुक्रबार १६:५३:०८ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय मुलुकभर दैनिक कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top