ट्रेण्डिङ

होमपेज / समाज

 ​​​​​​​नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

३३ जनाको मृत्यु

नेपालगाथा २०७८ असार १७ गते बिहीबार १७:०६:१३ मा प्रकाशित

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ (पीसीआर ७१३० वटा) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ९१४५ पुगेको छ । मृत्युदर १.४३ प्रतिशत छ ।थप ४०१७ जना कोभिड बिरामी निको भएका छन् । निको हुने दर ९३.७ प्रतिशत छ । सक्रिय संक्रमित संख्या बिहीबारसम्म ३१ हजार ३६८ छ । सक्रिय संक्रमित प्रतिशत ४.९० प्रतिशत छ ।

अहिलेसम्म ६ लाख ४० हजार ६६२ जनामा कोरोना पुष्टि भएको छ । देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top