ट्रेण्डिङ

होमपेज / समाज

बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, बस्तीमा पनि बाढी

नेपालगाथा २०७८ असार १७ गते बिहीबार १५:१७:०८ मा प्रकाशित

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हाे।

उक्त क्षेत्रका स्थानीय अहिले त्रसित अवस्थामा छन् ।खोला राजमार्ग हुँदै बस्ती तर्फ पसेकोले  स्थानीय  त्रसित भएका हुन।यता बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् । यो खोला चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ । यो खोलोले रत्ननगर- ८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन् । त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top